काठमाडाैं, प्रदीप खड्का र क्रिष्टिना गुरुङ स्टारर फिल्म ‘प्रेम गीत ३’ अब हङकङमा पनि प्रदर्शनमा आउने भएको छ । गतवर्ष नेपाल र भारतसहित विश्वका ४० बढी देशमा यो फिल्म एकसाथ प्रदर्शनमा आएको थियो । त्यसबेला छुटेको हङकङमा पनि यो फिल्म अब प्रदर्शनमा आउने भएको हो ।
आगामी महिना (अक्टोवर १५)मा हङकङस्थित जोर्डनको यउमातेई कम्युनिटी हलमा फिल्म प्रदर्शन गर्ने तयारी गरिएको छ ।
हाम्रो टिम हङकङको आयोजनामा हुन लागेको फिल्म प्रदर्शनको लागि टिकट बुकिङ समेत खुला भइसकेको छ ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्मले नेपालमा बम्पर व्यापार गरेको थियो ।
एकैदिन विश्वव्यापी प्रदर्शन हुने नेपाली फिल्मको कीर्तिमान समेत ‘प्रेम गीत ३’ले रचेको थियो ।
फिल्ममा शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी लगायतको समेत अभिनय छ ।


