Friday 19 June 2026 / शुक्रबार, ५ असार २०८३

पाल्पा, पाल्पामा बसोबास गर्ने मानिसमा पहिलो पटक मलेरियाको पुष्टि भएको छ । जिल्लाको पूर्वखोला–३, का १५ वर्षीय किशोरलाई मलेरिया पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामै बसोबास गर्ने मानिसमा पहिलो पटक मलेरिया पुष्टि भएको कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यसअघि पनि अन्तै बसोबास गर्ने पाल्पाका मानिसमा मलेरिया देखिएको थियो । तर पाल्पामै बसेको मानिसमा यो रोग पुष्टि भएको पहिलो पटक हो ।’’

पूर्वखोलाको स्थानीय स्वास्थ्य चौकीमा चेकजाँच गर्ने क्रममा ती किशोरमा मलेरियाको लक्षण देखिएपछि पाल्पा अस्पतालमा पुनः चेकजाँच गर्दा पुष्टि भएको हो । पूर्वखोलाका ती किशोरलाई मलेरिया देखिएपछि स्वास्थ्य कार्यालयले किशोरका घर वरिपरिका ५० घरका ९८ जनामा स्क्रिनिङ गरेको छ ।

मलेरिया पुष्टि भएका किशोरले १७ दिनसम्म औषधि सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । किशोरको निःशुल्क रुपमा उपचार भइरहेको उहाँले बताउनुभयो । यो रोग सङ्क्रमित पोथी एनफिलिज जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय