Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं- काठमाडौंमा आयोजना भएको ‘मोडल हन्ट नेपाल २०२१’को उपाधि प्रविण चापागाँई र अनिशा शाक्यले जितेका छन् । शनिबार बेलुकी सोल्टी क्राउन प्लाजामा आयोजना भएको प्रतियोगीतामा प्रविन पुरुषतर्फ र अनिशा महिला तर्फको शिर्ष विजेता घोषित भएका हुन् । यो प्रतियोगीताको छैटौं सिजनमा ३४ यूवा र ३२ यूवतीविच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको पुरुषतर्फ फस्ट रनरअप मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की हुन सफल भए । यस्तै, महिलातर्फ श्रीयशी श्रेष्ठ फष्ट रनरअप र परितोषिका पन्त सेकेन्ड रनरअप हुन सफल भएका छन् । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका पहिरनमा र्याम्प नापेका थिए ।

आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, संचारकर्मी सुरज सिंह ठकुरी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजना नेक्स्ट मोडल्स नेपाललृ गरेको हो । रवि धमला र एत्ना पाण्डे निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य रहेका थिए ।

प्रतियोगीताका विजेताहरुले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय