Friday 19 June 2026 / शुक्रबार, ५ असार २०८३

तनहुँ जिल्लामा दैनिक डेङ्गु सङ्क्रमित थपिने क्रम बढेको छ । दुई महिनाको अवधिमा जिल्लामा छ हजार चार सय ८४ सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच हजार चार सय १५, शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४, घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन् । कुल सङ्क्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय