Wednesday 29 July 2026 / बुधबार, १३ श्रावण २०८३

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् प्याजेन्टस् सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी शहर बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा भव्यता पूर्वक सम्पन्न सो प्रतियोगितामा मिसेस् तर्फ भेनेजुएलाकी विजेताको ताज पहिरिन सफल भएकी छिन् । मुख्य उपाधि सहित उनले मिसेस् पर्सनालिटीको अवार्ड पनि जित्न सफल भइन् । मिस तर्फ जापानकी एरिका हाराले विजेताको ताज पहिरिन सफल भएकी छिन् । उनले प्रतियोगितामा मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड पनि आफ्नो पक्षमा पार्न सक्षम रहिन् ।

प्रतियोगितामा मिसेस् तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपका रुपमा चयन भएका थिए । यसैगरी मिस तर्फ नाइजेरियाकी टे«सी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स छनौट भएका थिए ।

नेपालका सन्तोष सापकोटा अध्यक्ष रहेको ईप्लानेट सिंगापुर पिटिई लिमिटेडको आयोजना संचालन भएको सो प्रतियोगिताको संयोजनमा सुसान कोह थिइन् । प्रतियोगिताको कोरियोग्राफरका रुपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज कोरियोग्राफर वेस्ली श थिए । कार्यक्रमको संचालन पनि रोजिनले नै गरेका हुन् । प्रतियोगिताको अफिसियल फोटोग्राफरका रुपमा बेन्जी योङ थिए भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि एस्थर चिन, आशिष कँडेल र वेन्डी हिउको संयोजन थियो भने टिनिडी गल्फ होटल बैंककको कार्यक्रम अफिसियल होटलका रुपमा रहेको थियो ।


प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरुको पनि यसैवर्ष देखि शुरुवात गरिएको थियो । सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा थाईल्याण्डका कहलिएका नृत्य कलाकारहरुले जोडदार प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय