Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

कम्बोडियामा भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालका तर्फबाट सहभागि भएकी सलिना नेपाल सफलता हात पारेकी छिन् । उनी प्रतियोगितामा टुरिजम एम्बेसडरको अवार्ड जित्न सफल भएकी हुन् । मिस प्लानेट इन्टरनेसनल २०२४ को अन्तिम प्रतिस्पर्धा १९ नोभेम्बर अर्थात् गत मंसीर ३ गते कम्बोडियाको नोम पेन स्थित को पिक थिएटरमा सम्पन्न भएको थियो । प्रतियोगितामा नेपाल लगायत विश्वका ४० बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको थियो ।

फाइनल प्रतिस्पर्धामा थाईल्याण्डकी मिन ओरावलानले मिस प्लानेट इन्टरनेसनल २०२४ को ताज पहिरिन सफल भइन् भने ब्राजिलकी लोरेन लुमाटेली फस्ट रनर अप तथा भियतनामकी क्याटेरिन किम डिप सेकेन्ड रनर अप चयन भएका थिए । ढोलाहिटी, ललितपुर निवासी २३ वर्षिया सलिनाले यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको मिस ग्राण्ड नेपाल २०२३ को शीर्ष उपाधि जित्न सफल भएकी थिइन् । प्रतियोगिताको ग्राण्ड विजेता बनेसंगै सलिनाले मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् । पाँच फिट चार इन्ट उँचाईंकी सलिना पब्लिक एडमिनिष्टे«सनमा स्नातक तह विद्यार्थी हुन् ।

मिस प्लानेट इन्टरनेसनलमा सहभागि हुनुपूर्व सलिनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबारे अभिमूखिकीरण र प्रशिक्षण संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेकी थिइन् । मिस प्लानेट इन्टरनेसनलमा सलिनाले चन्द« मान मुनिकारद्वार तयार पारिएको जिवित देवी कुमारी झल्काउने पहिरिनलाई नेसनल कस्ट्युमका रुपमा प्रस्तुत गरेकी थिइन् भने वसः बुटिककी सरिता महर्जनले तयार पारेको इभिनिङमा पनि प्रस्तुति दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय