Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

ललितपुरको ग्वार्कोस्थित म्युजिक सिटी हलमा आयोजना गरिएको दशौं संस्करणको मिसेस् हिमालयन नेपाल २०२३ को शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी छिन् अनुशा कार्की । ओखलढुंगाकी अनुशाले शीर्ष उपाधि बाहेक प्रतियोगितामा मोस्ट अट्राक्टिभ विधाको अवार्ड पनि जित्न सफल भइन् । विवाहित महिलाहरुको समग्र सवलिकरणमा केन्दि«त सो प्रतियोगितामा अनिशा घःजु मोस्ट एक्टिभ सहित फस्ट रनर अप तथा मोस्ट डाइनामिक अवार्ड सहित राज्यलक्ष्मी कर्माचार्य सेकेन्ड रनर अप विजेताका रुपमा छनौट भएका थिए । कार्यक्रममा मोस्ट करिज्म्याटीक पन्चु लिम्बु, मोस्ट स्मार्ट रोज खडगी, मोस्ट सिन्सियर मन्जीला राई, मोस्ट अनेष्ट शुष्मा रसाईली, मोस्ट इनर्जेटिक जयन्ति डंगोल, मोस्ट डिलिजेन्ट शुमित्रा तामाङ, वेष्ट फोटोजेनीक सुनु थापा, मोस्ट डिलाइटफुल कृष्णा श्रेष्ठ, मोस्ट पपुलर पन्चु लिम्बु, पब्लिक च्वाईस भिडियो अवार्ड मन्जीला राईलाई प्रदान गरिएको थियो ।

सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सन्चालित सो कार्यक्रममा एक दर्जन प्रतियोगीहरु दुई साता सम्म ब्यक्तित्व विकास, स्टेज प्रस्तुतिकरण, क्याटवाक, वौद्धिक विकास लगायतका बिषयमा तालिम लिए पश्चात् आफूलाई स्टेजमा प्रस्तुत भएका थिए । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो प्रतियोगिताको निर्णायकमा अभिनेता तथा चलचित्रकर्मी सिमान्त उदास, अभिनेत्री मोडल शुष्मा अधिकारी, मोडल तथा मिस्टर ह्यान्डसम नेपाल अभिषेक खडका, मिसेस् मंगोल नेपाल २०२३ सरीता गुरुङ तथा फेसन डिजाइनर सुक्निता चौलागाईं रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय