Thursday 10 September 2026 / बिहीबार, २५ भाद्र २०८३

एजेन्सी – भारतको महाराष्ट्रमा कोरोनाको केसमा अत्यधिक तीब्र गतिमा बढोत्तरी भइरहेको देखेर सरकारले कडाई गर्न सुरु गरिदिएको छ । यसै अनुरुप पुणेमा सात दिनका लागि विवाह र अन्तिम संस्कारबाहेक सबै सार्वजनिक कार्यक्रममा रोक लगाइदिएको छ ।

अन्तिम संस्कारमा २० जना र विवाहमा ५० जनाको अनुमति हुनेछ । यो आदेश शनिबारदेखि प्रभावकारी हुनेछ ।

लकडाउनमा के गर्न नपाइने ?
– बार, रेष्टुरेन्ट, होटल बन्द हुनेछ, होम डेलिभरीको अनुमति हुनेछ
– पुणे महानगर परिवहन महामण्डल लिमिटेडको बस सेवा बन्द हुनेछ

– बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म नाइट कर्फ्यू हुनेछ ।

– अर्को शुक्रबार एकपटक पुनः स्थितिको समीक्षा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय