यु क्यान फ्लाई, युसिएफको आयोजनामा संचालन भएको चौथौं संस्करणको द फेश नामक मोडल प्रतियोगितामा प्रतिक चौधरी र डिज्मा शाक्यले विजेताको अवार्ड उचाल्न सफल भएका छन् । प्रतियोगितामा अविनाश उपाध्याय र निकिता चौलागाईंले फस्ट रनर अप तथा रितेश ओली र सिसम खतिवडाले सेकेन्ड रनर अपको अवार्ड हात पार्न सफल भएका छन् । संसद शाहको इभेन्ट निर्देशन तथा स्वीकृति प्याकुरेलको व्यवस्थापनमा संचालन भएको सो प्रतियोगिता राजधानी शहरको ठमेल स्थित एलोफ्ट होटलमा सम्पन्न भएको थियो । प्रतियोगिता युवा युवती गरी १६ प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो भने सहभागिहरुले डिजाइनर आरजु श्रेष्ठको आरजु डिजाइन्स अन्तर्गतका लक्जरी ब्राइडल वेयर, क्युरियो कस्ट्युमको सेमि फर्मल वेयर, डेस्टिनी क्याजुयलको क्याजुयल वेयर, सुटल्याण्ड नेपालको फर्मल वेयर तथा नमूना कलेज अफ फेसन टेक्नोलजीका १९ औं ब्याचका विद्यार्थी डिजाइनरले तयार पारेको वेस्टर्न ब्राइडल वेयरलाई रनवेमा प्रदर्शन गरेका थिए ।


