Tuesday 19 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौं, महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने उद्देश्यले ट्राफिक क्लब गठन गर्न थालेको छ । प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्दै उनीहरूलाई ट्राफिक प्रहरीमार्फत तालिम दिन थालिएको महानगरपालिकाले जनाएको छ ।

यसअघि पद्मकन्या विद्यायलले ट्राफिक क्लब गठन गरिसकेको छ । महानगरले अन्य विद्यालयमा पनि सो कार्यक्रम विस्तार गरिरहेको महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

सल्लाहकार श्रेष्ठका अनुसार छनोटमा परेका विद्यार्थीले विद्यालयमा बालबालिका आउने–जाने मुख्य समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) उक्त तालिमप्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्नेछन् ।

श्रेष्ठले भने, ‘उक्त समयमा विद्यार्थी नै ट्राफिकको पोसाकमा ट्राफिककै काममा खटिनेछन्, जसले गर्दा विद्यालय क्षेत्रमा हुने सडक दुर्घटना कम गर्न मद्दत गर्नेछ ।’ विद्यार्थीले ट्राफिक लाइट प्रयोग गर्ने, ट्राफिक कोन, सेफ्टी ज्याकेट, प्याटन लाइटसहित जान र आउनका लागि संकेत गरेर अन्यलाई सहयोग गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय