बालबालिका सम्बन्धीत फेश अफ स्मार्ट किड्स र मोडलिङ सम्बन्धीत मिष्टर एण्ड मिस वेष्ट मोडल सम्पन्न भएको छ । युथ क्रिएशन नेपालका लागि रवि लामाको आयोजनामा संचालन भएको सो प्रतियोगितामा फेश अफ स्मार्ट किड्स २०२३ अन्तर्गत आरिहान्त घिमिरे र जेविना गुरुङ विजेता छनौट भएका छन् भने रियान्स कालीकोटे र हंसिका खत्री फस्ट रनर अप तथा फुर्बा मोक्तान र आश्रिया लामाले सेकेन्ड रनर अप अवार्ड जित्न सफल भएका छन् ।

वेष्ट मोडल प्रतिस्पर्धा भने सुमन कालीकोटे र सोनी कालीकोटेले विजेताको अवार्ड प्राप्त गरे । फस्ट रनर अप तर्फ जीवन विश्वकर्मा र गीता नेपाललाई हकदार छानिएको थियो । लाजिम्पाटस्थित रोयल दरबार इभेन्ट्स एण्ड भेन्युमा सम्पन्न सो प्रतियोगितामा पूर्व मन्त्री रहिसकेका विक्रम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको कोरियोग्राफी एवं संचालन फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।


