Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

विवाहित महिलाहरुमा लक्षित बौद्धिकता तथा व्यक्तित्व सम्बन्धीत सौन्दर्य प्रतियोगिता मिसेस् नोबेल नेपाल २०२४ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । हिमालय मुभिज प्रोडक्सन हाउसको ब्यानरमा आयोजना भएको सो कार्यक्रममा सिरोसा सापकोटाले विजेताको ताज पहिरिन सफल भएकी छिन् । मोस्ट इन्टेलिजेन्टको अवार्ड समेत जितेकी सिरोसाले विजेता भए संगै आगामी चैत महिनामा इजिप्टमा आयोजना हुने तय भएको एनएफइए अवार्ड २०२४ कामा विशेष उपस्थितिका लागि अवसर पनि प्राप्त गरेकी छिन् । प्रतियोगितामा शिला श्रेष्ठ मोस्ट करिज्म्याटिक अवार्ड सहित फस्ट रनर अप तथा जुना भण्डारी मोस्ट अट्राक्टिभ अवार्ड सहित सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए ।

ललितपुरको ग्वार्कोस्थित म्युजिक सिटी हलमा संचालन भएको सो प्रतियोगितामा रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, निशा दुवाल मोस्ट डिलिजेन्ट, बुद्धिसरा अर्याल मोस्ट अनेस्ट, सिता राउत मोस्ट प्यासनेट र रिया दाहाल वेस्ट फोटोजेनिक एवं पब्लिक भिडियो च्वाइस अवार्ड विजेताका रुपमा छनौट भएका थिए । अवार्ड विजेता चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो प्रतियोगितामा अभिनेता तथा चलचित्रकर्मी विशाल विष्ट, मोडल एवं अभिनेता मनिष राउत, मिसेस हिमालयन नेपाल–२०२० माया लामा, व्युटिसियन नेपाल–२०२१ तथा मोडल मन्जु थापा र मिसेस हिमालयन नेपाल–२०२३ अनुषा केसी निर्णायकका रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय