Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

काठमाडौं, विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस इकलेज २०२४ को एघारौँ संस्करणका लागि यहि माघ २६ गते शुक्रवार नेपाल हाउस हात्तिसारमा हुर्दैछ ।
उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्षदेखि २५ वर्ष सम्मका छात्राहरूलाई मध्यनजर गर्दै मिस इकलेज आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन ।

कलेज स्तरका युवतीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन ।

यो प्रतियोगितामा विभिन्न कलेजहरूबाट २० जना प्रतियोगीहरूलाई सहभागी गराइने छ । प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा फागुनको अन्तिम साता काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय