Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मीकर्मी, पत्रकार र फिल्मका कलाकारहरूको उपस्थिति थियो ।
सिमोस सुनुवारको निर्देशनमा प्रदीप भारद्वाजको कथा रहेको यो फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे । उनले, फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई २ घण्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए ।

फिल्म हेर्न पुगेका निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाईं , नायिका रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे ।

फिल्म हेरेपछि नायिका बेनिशा हमाल उत्साहित देखिइन् । फिल्ममा सरप्राइज भूमिकामा देखिएकी बेनिशाले दर्शकलाई यसको कथावस्तु मनपर्ने दाबी गरिन् । अर्की नायिका उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।

फिल्म ‘हात्तीछाप’मा ‘बोतल राजा’को भूमिकामा देखिएका नायक सौगात मल्लले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे ।

फिल्मले विशेषगरि, दयाहाङ राई र सौगात मल्लको आ–आफ्नो कथालाई भनेको छ । तर, यी दुईको कथाको मेल कहाँबाट कसरी हुन्छ, यसका लागि दर्शकले फिल्म हेर्नुपर्ने हुन्छ । यो फिल्मको आजबाट अधिकांश हलमा बूकिङ समेत खुलिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय