विभिन्न उमेर समूहका स्कूल अध्ययनरत बालबालिकाहरुमा केन्दि«त व्यक्तित्व, बौद्धिकता, प्रतिभा संग सम्बन्धीत सौन्दर्य प्रतियोगिता लिटिल प्रिन्स एण्ड प्रिन्सेस्को तेस्रो संस्करणको फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको सो प्रतियोगितामा पचास भन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई उनीहरुको उमेर समूह अनुसार दुई समूहमा विभाजन गरी प्रतियोगिता संचालन गरिएको थियो ।

्परिचयात्मक चरण, स्टेज प्रस्तुतिकरण तथा प्रश्न उत्तर चरणमा सहभागिहरुले गरेको पर्फमेन्सको आधारमा अन्ततः ग्रुप ए बाट स्वर्णिम खनाल विजेता छानिए भने भूमिका मैनाली फस्ट रनर अप, ईदिका पौडेल सेकेन्ड रनर अप, माङशमा लिम्बु थर्ड रनर अप तथा मन्सा थापा फोर्थ रनर अप छानिएका थिए । ग्रुप बी तर्फ एड्रिना बमजन विजेता चयन भएकी थिइन् भने आरुशा ठकुल्ला फस्ट रनर अप, विनम्र कार्की सेकेन्ड रनर अप, युवाक्षी श्रेष्ठ थर्ड रनर अप तथा आयान मानन्धर फोर्थ रनर अप छनौट भएका थिए । कार्यक्रममा आदर्श पोखरेल ग्रुप एबाट र सरगम परियार ग्रुप बीबाट लिटिल स्टार काभ्रे २०२४ का विजेताका रुपमा पुरस्कृत गरिएका थिए ।

इनोभेसन ईभेन्ट म्यानेज्मेन्टको सहकार्यमा भक्तपुर निस्ट स्कूलले प्रस्तुत गरेको सो प्रतियोगितात्मक कार्यक्रमको कोरियोग्राफी तेन्जु योञ्जनले गरेका हुन् भने नृत्य प्रस्तुतिलाई युवराज गुरुङ, गायन प्रस्तुतिलाई कुन्ति मोक्तान तथा फेसन राउन्डको प्रस्तुतिलाई सुमि बानियाँले निर्देशन गरेका थिए ।


