Saturday 10 October 2026 / शनिबार, २४ आश्विन २०८३

वि.सं २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिजलाई बन्द गर्ने निर्णयमा यसका संचालक पुगेका छन् । फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्न लागिएको प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिएका छन् ।

निर्देशक पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘कोरोनाको सक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिँदैन ।’

निर्देशक पौडेलले आजसम्म पाएको सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका छन् । २ बर्ष अगाडि गोपिकृष्ण मुभिजमा रहेका ७ पर्दामध्ये ४ वटा पर्दा रहेको भवन भत्काइएको थियो ।

अब, बाँकी रहेका ३ वटा हल पनि संचालन गर्न नसकिएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिएका छन् । २ बर्षदेखि गोपिकृष्ण मुभिजले ‘ब्लू, ग्रीन र रेड’ नामक दिएर ३ वटा पर्दा संचालन गरिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय