Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

हाल अष्ट्रेलीयामा रहेकी नायिका सुष्मा कार्कीले त्यहीबाट उपहारको डबिङ गरेकी छिन् । फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्ममा सुष्माको विशेष भूमिका रहेको बताइएको छ ।

सिड्नीमा रहेका राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा सुष्माले डबिङ गरेकी हुन् । सुष्मा फिल्मको डबिङ गर्दा उत्साहित देखिएकी थिइन् ।

डबिङको दृश्यमा नायिका कार्की फिल्मकी मुख्य नायिका बेनिशा हमालसँग रिसाएको देखिन्छ । उनको भूमिकाले दर्शकलाई मनोरञ्जन दिने निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन् ।

यो फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, अंशु महर्जन, आशा भुसाल लगायतको अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुलभ प्रतीक र समीक्षा देउजाको लगानी छ ।

रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्ममा विष्णु कल्पितको छायांकन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, रोशन श्रेष्ठको एक्सन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय