Tuesday 19 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौँ, आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी विहानै देखि सरस्वतीको मन्दिर, विद्यालय, कलेजहरुमा विशेष कार्यक्रमका साथ मनाइँदै छ ।

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजाआराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेल विवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाककान छेड्न पनि शुभ मानिन्छ ।

काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ ।


साउथवेस्टन स्टेट कलेज, बसुन्धरा काठमाडौंले कलेजमा रहेको सरस्वतीको मन्दिरमा विहानैदेखि पूजाआजा गरी सरस्वतीपूजा एक भव्य कार्यक्रमका वीच सम्पन्न गरेको छ । कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति बाक्लो देखिएको छ । सरस्वती पूजाको दिनको अवसरमा कलेका विद्यार्थीहरुका बीच नृत्य साथै गायन प्रतियोगिता आयोजना गरिएको कलेजका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय