Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

आर.के. इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा संचालन हुने मिस टुरिजम नेपाल २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि दिपिका न्यौपाने, सोनु बर्देवा, नरिना मगर, निकिता गौतम, रविना बराइली, निशा बुढाथोकी, प्रियान्सा के राई, स्मृति थापा, रिया सेन्चुरी र कल्पना महतो गरी १० जना सुन्दरीहरु प्रतिस्पर्धाको मैदानमा रहेका छन् । फाइनल प्रतिस्पर्धा यही फागुण ८ गते राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन हुँदैछ ।

प्रतियोगिताका मुख्य उपाधि विजेताले अन्तर्राष्ट्रिय प्रतियोगिता मिस टुरिजम इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । यस बाहेक विजेताले नगद पुरस्कार, विविध गिफ्ट ह्याम्पर, गुडविल एम्बेसडर लगायतको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरिरहेका छन् । आयोजक संस्थाका अनुसार देशको मौलिक कला संस्कृति, पर्यटनका विविध आयाम र पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने हेतुले मिस टुरिजम नेपालको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय