Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

मुम्बइ, सन् २०१८ मा रिलिज भएको चलचित्र ‘गुडाचरी’को सिक्वेलबाट निर्माण पक्ष फेरि एकपटक फिल्मी पर्दामा फर्किने तयारीमा छन् ।

तेलुगु भाषामा बनेको यो एक्सन प्याक स्पाई थ्रिलर फिल्मलाई शशि किरण टिक्काले निर्देशन गरेका हुन्।

गुडचारीको पहिलो पार्टीमा अभिनेता आदिवी सेठसँगै शोभिता धुलिपलाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । गुडचारीको दोस्रो भागमा आदिवी सेठ बाहेक नयाँ स्टार कास्ट समावेश हुन लागेको जनाइएको छ ।

जी २ मा आदिवी सेठ र बनिता सन्धुको नाम फाइनल गरेपछि निर्माताहरूले हालै फिल्मको लागि इमरान हाश्मीलाई स्वागत गर्दै पोस्टर लन्च गरेका छन्।
फिल्मका मुख्य अभिनेता अदिवी सेठले इमरान हाश्मीलाई उनको बहुप्रतिक्षित जासूस थ्रिलर फिल्मको लागि जहाजमा आउँदा हृदयदेखि स्वागत गरेका छन ।जी २ को टोलीमा अभिनेतालाई स्वागत गर्दै उनले आफ्नो आधिकारिक टविटरमार्फत जानकारी दिएका छन ।

अभिनेता अदिवी सेठले दिएको यो विशेष स्वागतपछि इमरान हाश्मीले फिल्ममा आबद्ध भएकोमा खुशी व्यक्त गर्दै लेखेका छन, ‘आदिवी, यो फिल्मसँग जोडिन पएकोमा म धेरै खुसी छु। म अब पर्खन सक्दिन। यसमा कुनै औपचारिकता छैन। मलाई सर बोलाउदै हुनुहुन्छ। आवश्यक पर्दैन। छिट्टै भेटौँला।’

हाल इमरान हाशमी आफ्नो करियरमा बलिउडमा मात्रै फोकस गर्दैनन्, उनी ओटीटी र साउथ फिल्ममा पनि आफ्नो भाग्य जमाइरहेका देखिन्छन् । जी २ बलिउडका ह्यान्डसम हङ्क इमरान हाश्मीको दोस्रो तेलुगु फिल्म हो। उनी साउथ सुपरस्टार पवन कल्याणको तेलुगु फिल्म ओजीमा पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए, जुन फिल्म सेप्टेम्बर २०२४ मा रिलिज हुदैँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय