काठमाडौं, नेपालका खेलाडी साथै स्वस्तिश्री गुरुकुल आई. बी. वोर्ल्ड स्कुलमा अध्ययनरत तेन्जीन नामडोल रायन गुरुङ्गले भारतको नयाँ दिल्लीमा भएको बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा पदक प्राप्त गर्न सफल भएका छन् । च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा गुरुङ्गले कास्य पदक जितेका हुन् ।

गुरुङ्गले आफ्नै नाममा रहेको २ मिनट २२.१५ सेकेन्डको किर्तिमानी समयमा सुधार गर्दै २ मिनट २१. १६ सेकेन्ड समयको नयाँ किर्तिमान समेत राख्न सफल भएका छन् । यस विधाको स्वर्ण र रजत भारतले हात पारेको थियो ।
तेन्जिनले यस च्याम्पियसिपमा २०० मिटर बटरफ्लाईमा २ मिनट २९.२९ सेकेन्डको अर्को कीर्तिमान समेत बनाए । यसअघि शिरीष गुरुङ्गको नाममा २ मिनट २९.८८ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । शिरिषले उक्त कीर्तिमान २०१२ मा काठमाण्डौमा भएको दोस्रो एनएसए कपमा राखेका थिए ।



