Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

मोडलिङ विधामा सम्बन्धीत रहेर संचालन गरिएको एन प्लस प्रोफेसनल द मोडल एम्पायर भोल्युम वन्को विजेताका रुपमा सुजन वाइबा तामाङ र स्मारिका तामाङ छनौट भएका छन् । एभरेष्ट इभेन्ट्सका लागि कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको सो प्रतियोगितामा संघीय थापा र याङकिता घिसिङ फस्ट रनर अप तथा रिगेन खड्का र सम्पदा रेग्मी सेकेन्ड रनर अप विजेताका रुपमा चयन भएका थिए ।

प्रतियोगिताका अर्गनाइजर च्वाइसका रुपमा देवान्स विक्रम थापा र सेविका श्रेष्ठ, ब्राण्ड एम्बेसडरका रुपमा मनिश बोगटी र मेलिना राई छनौट गरिएका हुन् । अनुशा चौधरी भने ब्युटी विथ ब्रेनका रुपमा पुरस्कृत भएका थिए । करुणा पुरी ईभेन्ट म्यानेजर रहेको सो प्रतियोगिताको कोरियोग्राफी आर्शु महर्जन र सुगन्धा अधिकारीले गरेका हुन् भने कार्यक्रमको संचालन संचारकर्मी रोजिन शाक्यले गरेका थिए । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय