Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौं, तिमोथी विश्व फिल्मको तथ्यांक राख्ने आईएमडीबीमा अहिलेसम्म सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने फिल्म बनेको छ । यो लोकप्रिय रिभ्यु वेबसाइटमा उक्त साइन्स फिक्सन फिल्मले १० मध्ये ९।४ रेटिङ प्राप्त गरेको छ ।

‘एभेन्जर्स स् एण्डगेम’को ८।४ र ‘अवतार’को ७।८ रेटिङलाई उछिन्दै ‘ड्युन २’ शीर्षस्थानमा उक्लिएको हो । यसअघि ९।१ र ९।३ रेटिङको बीचमा अंक प्राप्त गरेका महान् फिल्महरु ‘द गडफादर’, ‘द सशांक रिडेम्पसन’ र ‘द डार्क नाइट’को रेटिङलाई पनि यो फिल्मले उछिनेको छ । ‘ड्युन’को पहिलो भागले ८।१ रेटिङ प्राप्त गरेका थियो भने ६ विधामा ओस्कार जितेको थियो ।अर्को चर्चित डेटाबेस्ड वेबसाइट ‘रटन टम्याटोज’मा ‘ड्युन स् पार्ट २’ ले ९७ प्रतिशत रेटिङ प्राप्त गरेको छ । यो अंक अघिल्लो भागको भन्दा १४ अंकले बढी हो ।

डेनेस भिलेनेउभ निर्देशित फिल्मको दोस्रो श्रृंखलालाई समीक्षकले मास्टरपिस ९सर्वोत्कृष्ट कृति०को संज्ञा दिएका छन् । कथावाचन, चरित्र चित्रण र एक्सन कोरियोग्राफीको प्रशंसा गर्दै क्रिटिक्सले ‘अन्य ब्लकबस्टर फिल्मजस्तो नरहेको उत्कृष्ट फिल्म’ भनेका छन् ।

द इन्डिपेन्डेन्टले ५ मा ५ रेटिङ दिंदै अहिलेसम्म बनेका ब्लकबस्टर साइन्स फिक्सनभन्दा उत्कृष्ट रहेको लेखेको छ । रोलिङ स्टोनका समालोचक डेभिड फियरले तीन घण्टा लामो यो फिल्मलाई वास्तविक अर्थमा साइन्स फिक्सन भनेका छन् । पहिलो भागभन्दा बोल्ड र राम्रो रहेको उनको भनाइ छ ।

हलिउड रिपोर्टर म्यागजिनले चेलमेटको प्रशंसा गर्दै अभिनेता चालमेटको अभिनयको प्रशंसा गरेको छ । इस्क्वायर म्यागजिनले अभिनेताको रुपमा चालमेटले छलाङ मारेको उल्लेख गरेको छ । द गार्जियनले चार तारा रेटिङ दिंदै निर्देशक भिलेनेउको प्रशंसा गरेको छ ।

‘ड्युन स् पार्ट २’ शुक्रबारदेखि नेपालसहित विश्वभर रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय