काठमाडौँ, सन् १९९८ मा आजकै दिन ९मार्च १० मा हलिउड फिल्म ‘टाइटानिक’ ले सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको थियो । यो एक अर्ब अमेरिकी डलरको व्यापार गर्ने पहिलो फिल्म हो ।१९९७ को डिसेम्बर १९ मा रिलिज भएको फिल्म जेम्स क्यामरुनले निर्देशन गरेका हुन् । लियोनार्दो डिकाप्रिओ र केट विन्सलेटको मुख्य भूमिका रहेको फिल्मले १९९८ मा विभिन्न ११ विधामा अक्सर अवार्ड जितेको थियो । हालसम्म टाइटानिक, ‘बेन–हुर ९१९५९०’ र ‘९द लर्ड अफ द रिङस् स् द रिटर्न अफ द किङ ९२००३० ले मात्र ११ विधामा अक्सर अवार्ड जितेका छन् ।
२० करोड अमेरिकी डलरको ‘टाइटानिक’ ले हालसम्म २ अर्ब १९ करोड अमेरिकी डलर कलेक्सन गरिसकेको छ । हलिउडमा हालसम्म टाइटानिकबाहेक पाँच फिल्मले मात्र २ अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार गर्न सफल भएका छन् । तीमध्ये ‘अवतार ९२००९०’ शीर्षस्थानमा छ । क्यामरुनकै निर्देशनमा बनेको फिल्मले २ अर्ब ९२ करोड ३७ लाख अमेरिकी डलरको व्यापार गरेको थियो ।
त्यस्तै, ‘एभेन्जर्स स् एन्डगेम ९२०१९०’ ले २ अर्ब ७९ करोड ९४ लाख, ‘अवतार स् द वे अफ वाटर ९२०२२०’ ले २ अर्ब ३० करोड ६१ लाख, ‘स्टार वार्स स् द फोर्स अवकेन्स ९२०१५० ले २ अर्ब ७ करोड १३ लाख र ‘एभेन्जर्स स् इन्फिनिटी वार ९२०१८० ले २ अर्ब ५ करोड २४ लाख डलरको व्यापार गरेको छ ।


