Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौं । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले फराकिलो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनल मेसी र लुइस स्वरेजले २–२ गोल गरेका थिए भने रोबेर्ट टेलरले एक गोल गरेका थिए । नयाँ सिजनमा इन्टर मियामीको यो दोस्रो जित हो भने एक खेल बराबरी खेलेको थियो । ३ खेलमा दोस्रो जित हासिल गरेको इन्टर मियामी ७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय