Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

तुलसीपुर (दाङ), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो गठबन्धन बीचमा नटुट्ने बताउनुभएको हो । “हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।”

अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिष्ट एकता पनि हुनसक्ने उहाँले बताउनुभयो । एकताका लागि अहिलेको सरकारले जनमैत्री काम गरेको हुनुपर्ने उहाँको भनाइ छ । देशको आवश्यकतानुसार यो मोर्चा बनेकोसमेत उहाँले बताउनुभयो । अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

मुलुकमा अब दुई विचारधाराबीच नै प्रतिस्पर्धा हुनेसमेत ज्ञवालीको भनाइ छ । उहाँका अनुसार अब पुँजीवादी र समाजवादी विचारधाराबीचको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति हुन्छ । उपाध्यक्ष ज्ञवालीले मुलुकमा राजनीतिक क्रान्ति भएको भन्दै अब आर्थिक, सामाजिक र संस्कृतिकरूपमा क्रान्ति हुनु आवश्यक रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय