Wednesday 14 October 2026 / बिहीबार, २९ आश्विन २०८३

काठमाडौं, पुनम मोथेको प्रस्तुति रहेकोझमनको मायाञ बोलको गीत सार्वजनिक भएको छ। उक्त गितमा पुनम मोथेको शब्द अर्जुन पोखरेलको संगीत एवम् गायिका रचना रिमालको स्वर रहेको छ।

सार्वजनिक गितको भिडियोमा मोडेल गरिमा शर्मा र नायक एवम् निर्देशक राजकुमार दर्जी अर्थात् एभरेस्ट राजको अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई निर्देशक राज कुमारले निर्देशन एवम् सम्पादन गरेका छन्। भिडियोमा बुद्ध थापाको छायांकन र रोमा लामाको नृत्य निर्देशन रहेको छ।

अमेरिका बस्दै आएकी यस गितकि सर्जक पुनम मोथेले नेपाली गीत संगीतलाई नयाँ उच्चाईमा पुर्याउन आफ्नो गीति सिर्जनालाई निरन्तरता दिँदै आएकी छिन्। सार्वजनिकझमनको मायाञबोलको गीतको शब्द,संगीत जत्तिकै बलियो भिडियो पनि छ।

भिडियोमा निकै रोमान्टिक जोडी देखिएका एभरेस्ट राज र गरिमालाई यस गित मार्फत फरक पन दिन खोजेको निर्देशक राजकुमारले बताए। गीतलाई पुनम मोतेको अफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय