Saturday 10 October 2026 / आईतवार, २५ आश्विन २०८३

काठमाडौं, नयाँ वर्षको छेको पारेर यही चैत ३० गतेदेखि प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्रि आंचल शर्मा मुख्य भूमिकामा हुनुहुन्छ । नाटक जनरामा आधारित चलचित्रमा शहरमा एमए पास गरेर गाउँ फर्किएको पात्रको अहंकार र त्यसले उत्पन्न गरेको परिस्थितिलाई देखाइएको छ ।

शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रकी अभिनेत्री आँचल शर्माले रामबाबुसँग काम गर्ने तीव्र इच्छाको साथ पर्खाइमा बसेको पूरा भएको बताउनुभयो । काम गर्ने इच्छाका कारण आफूलाई फिल्ममा लिन ‘पडकास्ट’ बाटै आग्रह गरेको उल्लेख गर्नुभएको आँचलले टिम वर्कका साथ काम गरेकोले राम्रो चलचित्र बनेको दाबी गर्नुभयो ।उहाँले भन्नुभयो, ‘मलाई रामबाबु दाईसँग काम गर्ने यति मन थियो । पडकास्टबाटै मलाई फिल्ममा लिनु भनेको थिएँ । पडकास्टमा सुनेर नै मलाई लिएको त होइन नि रु’

बाँसुरी फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको फिल्ममा शिवराम श्रेष्ठ र रिले एच। शेनको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय