चार वर्षको ब्याचर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम सेमेष्टरको पढाई अन्तर्गतको प्रयोगात्मक परिक्षाको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको ग्राजुएसन फेसन शोको तयारीमा रहेका नमूना कलेज अफ फेसन टेक्नोलजीका विद्यार्थी फेसन डिजाइनरहरुको सृजानात्मक प्रस्तुतिको प्रिजजिङ प्रक्रिया सम्पन्न भएको छ ।

कलेजको १८औं ग्राजुएसन शोको आयोजना र प्रस्तुतिमा जुटेका १८औं ब्याचका ७१ जना विद्यार्थी फेसन डिजाइनहरुले तयार पारेको क्रिएटिभ वेयरको प्रिजजिङमा विद्यार्थीहरुले आफूले तयार पारेको क्रिएटिभ वेयर मिनि भर्सन अर्थात् डल डे«ेस प्रस्तुत गरेका थिए ।

सो क्रिएटिभ वेयरको मेकिङ, अवधारणा, समग्र पहिरनको आवरण, प्रयोजन लगायतको बारेका उनीहरुले निर्णायकहरुका सामू आफ्नो प्रस्तुति दिएका थिए ।

उक्त प्रिजजिङ राउन्ड ८ वटा अवधारण अन्तर्गत तयार पारिएका क्रिएटिभ पहिरनको मिनि भर्सन प्रस्तुत गरिएको थिए ।

जस अन्तर्गत मिस्टिकल क्रिएचर अवधारणामा योकाई, फ्रुटि टोन्स अवधारणमा अलंकृत फल, चेन चिक इन डेनिम कुटर अवधारणामा जेन मेराकी, हार्मोनिया भेस्टिस अवधारणामा भेस्टिस रहेका थिए ।

यसैगरी फेजेज् अफ प्रिसिपिटेसन अवधारणामा मिड नाइट रेन, ¥याडिएन्ट रिफ्लेक्सन अवधारणामा आर्ट डेको ग्ल्याम, माक्रेम अवधारणामा रग एल्युर तथा फ्रस्टी फ्लोरिसेस् अवधारणामा फ्रस्टि अरा रहेका थिए ।

उक्त प्रिजजिङ राउन्डमा फेसन डिजाइनर सविना चौधरी, प्रो.डा..जया लक्ष्मी प्रधान, डा.कुल बहादुर बस्नेत, फेसन डिजाइनर अनु श्रेष्ठ, साखः ग्रुपका चेयरपर्सन किरण प्रकाश साखः, फेसन एडुकेटरद्वय कुश्मा श्रेष्ठ र राजेन्द« सिंह निर्णायकको भूमिका थिए ।

नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं संस्करणको ग्राजुएसन फेसन शो यस पटक ‘निर्मिति नव्यता’ शीर्षकमा प्रस्तुत गरिनेछ । कार्यक्रम आगामी चैत २५ गते आइतबार साँझ राजधानी शहरको बौद्धस्थित होटल हायात रिजेन्सीमा सम्पन्न हुनेछ ।



