Saturday 29 August 2026 / शनिबार, १३ भाद्र २०८३

काठमाडौं, जान्ह्वी कपुर स्टारर बलिउड पोलिटिकल(थ्रिलर फिल्म ‘उलझ’को टिजर सार्वजनिक भएको छ । ५६ सेकेण्ड लामो टिजरमा जान्ह्वीले आईएफएस ९इन्डियन फरिन सर्भिस०मा कार्यरत एक युवा कूटनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् । प्रायः रोमान्स र ड्रामामा जान्ह्वीलाई हेर्दै आएका दर्शकले ‘उलझ’को टिजरमा उनको भिन्न अवतार हेर्न पाउनेछन् । पश्चिमा फिल्ममा हेर्दै आएको डिप्लोम्याटिक र स्पाइ जनराको झल्को यसले गराउँछ ।टिजरले मुख्य पात्रबारे प्रकाश पार्छ । यो फिल्म एक कूटनीतिज्ञको कथा हो जो देशभक्त र प्रतिष्ठित परिवारसँग सम्बन्धित छ । जो आफ्नो करिअरको सिलसिलामा विदेशमा रहेको बेला खतरनाक षड्यन्त्रको बीचमा फस्छ ।

टिजरमा काठमाडौंको हवाई दृश्य पनि समावेश गरिएको छ । यसको अर्थ, यसको कथावस्तुसँग काठमाडौं पनि जोडिएको छ । विदेशी फिल्म नेपालमा छायांकनका लागि प्रबन्ध गर्दै आएको आइसफल प्रोडक्सनका अनुसार यो फिल्मको केही दृश्य गत वर्ष नै काठमाडौंमा खिचिएको हो ।फिल्मको टिजर इन्स्टाग्राममा सेयर गर्दै जान्ह्वीले लेखेकी छन्, ‘झुट, छल र विश्वासघातको दुनियाँमा प्रवेश गर्नुहोस् । उलझ सिनेमा घरमा जुलाई ५ मा रिलिज हुँदैछ ।’ सुधांशु सारिया निर्देशित यो फिल्मलाई बलिउडको जंगली पिक्चर्सले निर्माण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय