काठमाडौं, राजधानीमा फेसन तथा मोडलिङका गतिविधिहरु बढेसंगै यो क्षेत्रमा विस्तारै व्यसायिकता पनि बढ्दै गएको देखिन्छ । यसैवीच राजधानी शहरमा नयाँ बानेश्वरमा फोकस फेसन हाउस नामक नयाँ मोडलिङ एजेन्सी संचालनमा आएको छ । उक्त मोडलिङ एजेन्सी हालै एक समारोहकावीच शुभारम्भ गरिएको हो । सो एजेन्सीको शुभारम्भ नेपाल समाचार पत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक समेत रहेका वरिष्ठ रंग पत्रकार विदुर गिरीले रिबन काटेर शुभारम्भ गरेका हुन् । रंग पत्रकार गिरी हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री पदकबाट विभुषित भएका हुन् । फोकस फेसन हाउसको रंग पत्रकार गिरी सहित मोडल दिपक घिमिरे र संचारकर्मी सागरिका श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । 
मोडलिङ तथा ग्ल्यामर क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउने, मोडलिङको व्यावसायिकतामा सहयोगि बन्नुका साथै फेसन तथा मोडलिङ इभेन्ट, सौन्दर्य प्रतियोगिताको आयोजना, म्युजिक भिडियो, वेभ सिरिज, विज्ञापनको निर्माण संगै मोडल फोटो शुट आदि गर्ने उद्देश्य सहित शुभारम्भ गरिएको सो एजेन्सीलाई यसै क्षेत्रमा अनुभव बोकेका आर्दश शर्मा, रक्की महर्जन, एलिना क्षेत्री र सिर्जना गुरुङ लगायतको साथमा स्थापना गरेका हुन् । निकट भविष्यमै एउटा स्तरीय इभेन्टको साथमा फेसन, मोडलिङ तथा ब्युटी पेजेन्टको क्षेत्रमा प्रवेश गर्ने योजना रहेको सो एजेन्सीले जनाएको छ ।


