सनर्वी इन्टरनेसनलका प्रा.लि.को आयोजनामा मिष्टर एण्ड मिस नेसनल नेपाल २०२४ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा प्रस्तुत गरिएको सो प्रतियोगितामा धिरज काजी बस्नेतले मिष्टर सुप्रा नेसनल र सजिना खनालले मिस सुप्रा नेसनलको उपाधि जित्न सफल भएका छन् । धीरज र सजिनाले पोल्याण्डमा सम्पन्न हुने मिष्टर एण्ड मिस सुप्रा नेसनल २०२४ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा मोनिका अधिकारीले मिस ग्लोब नेपालको ताज पहिरिन् भने आयुष्नोभा ढुंगाना मिस इन्टरकन्टिनेन्टल नेपालका रुपमा चयन भइन् । मोनिकाले अल्बानियामा आयोजना हुने मिस ग्लोब २०२४ र आयुष्नोभाले इजिप्टमा सम्पन्न हुने मिस इन्टरकन्टिनेन्टल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।
प्रतियोगितामा क्षितिज श्रेष्ठ क्षेत्री मिष्टर इन्टरनेसनलका रुपमा चयन भएका थिए र उनले थाईल्याण्डमा संचालन हुने मिष्टर इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । अभिनेता, मोडल तथा फेसन कोरियोग्राफर दिक्पाली कार्कीको कोरियोग्राफीमा सम्पन्न मिष्टर एण्ड मिस नेसनल २०२४ मा मिलन भट्टराई र रजिता पराजुली फस्ट रनरअप तथा सन्देश सिटौला र संस्कृति भट्ट सेकेन्ड रनर अप चयन गरिएका थिए । प्रतियोगितामा संचालन पूर्व मिस नेपाल एवं संचारकर्मी माल्भिका सुब्बाले गरेकी थिइन् ।


