Wednesday 19 August 2026 / बिहीबार, ४ भाद्र २०८३

काठमाडौँ, काठमाडौँ महानगरले लोकसेवा आयोगको शुल्क तयारी कक्षा संचालन गर्ने भएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै महानगरभित्र स्थायी बसोवास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो । महानगरले आवश्यक प्रमाण पत्रसहित सात दिनभित्रआवेदन दिन आव्हान गरेको छ ।

महानगरले आवेदनसँग नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाण पत्र, खरिदार र नासु स्तरको कक्षाका लागि कक्षा १२ पास गरेको प्रमाण पत्र र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाण पत्र पेस गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय