Saturday 17 October 2026 / शनिबार, १ कार्तिक २०८३

काठमाडौँ, गायक, संगीतकार तथा अभिनेता प्रकाश सपुतले होम प्रोडक्सन कम्पनी गलबन्दी प्रोडक्सनको ब्यानरमा ‘वसन्त’ सिनेमा निर्माण तथा निर्देशनको घोषणा गरेका छन्। आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच शीर्षक टिजर सार्वजनिक गर्दै उनले वसन्तको घोषणा गरेका हुन्। सिनेमामा प्रकाशले निर्माण तथा निर्देशनसँगै अभिनय, लेखन तथा संगीतको कमाण्ड समेत एकसाथ सम्हाल्नेछन्।

वसन्तमा प्रकाशको जोडी अभिनेत्री स्वस्तिमा खड्का बनेकी छन्। सिनेमामा खड्काले ‘शान्ति’ नामक पात्रमा प्रस्तुत हुनेछिन्। उनीहरुका अलावा सिनेमामा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपालको पनि अभिनय रहनेछ। आगामी चैते दशैंमा रिलिज हुने सिनेमा भदौबाट फ्लोरमा जानेछ। यसअघि प्रकाशले सेभेन सीजको निर्माण रहेको ‘पूर्णबहादुरको सारंगी’मा काम सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय