काठमाडौं, शुक्रबारबाट रिलिज भएको ‘मनसरा’ सिनेमाले नयाँ गीत रिलिज गरेको छ। सिनेमाले आइतबार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ। गीतको भिडियोमा सिनेमामा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’ को भूमिकामा बाल कलाकार नेनाहाङ राईमाथि फिल्माइएको छ। करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ुतान्छोुसँगको निकटतालाई प्रस्तुत गरिएको छ।
गीतले यिनै भावहरुलाई पस्किएको छ। सिनेमामा नेनाहाङ अभिनेत्री मिरुना मगरका छोरा बनेका छन्।


