Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

सौन्दर्य पेशासंग सम्बन्धीत व्यवसायीहरुको व्यक्तित्व, बौद्धिकता र सुन्दरतासंग जोडिएको सौन्दर्य प्रतियोगिता ब्युटीसियन नेपाल २०२४ को फाइनल प्रतियोगिता सम्पन्न भएको छ । बालकुमारी स्थित म्युजिक सिटी हलमा संचालन गरिएको प्रतियोगितामा सृजना गुरुङले विजेताको ताज पहिरिन सफल भइन् भने फस्ट रनर अपतर्फ हिता कुमारी मैनाली तथा सेकेन्ड रनर अप तर्फ पुष्पा राई विजेता छनौट गरिएका थिए ।

प्रतियागितामा रोशनी लामाले वेष्ट ब्राइडल तथा वेष्ट नेल आर्टको अवार्ड जित्न सफल हुँदा सविना ब्लोन वेष्ट जुरो तथा पुष्पा राई वेष्ट मिडिया मेकअप विधा उत्कृष्ट ठहरिएका थिए । कार्यक्रममा विभा राई मोस्ट स्मार्ट, पासाङ ल्हामु शेर्पा मोस्ट एक्टिभ, सृष्टि सुनार मोष्ट डिलिजेन्ट, सृजना गुरुङ मोस्ट कन्फिडेन्ट, स्मृति गुरुङ मोस्ट डिलाइटफुल, उषा साउद वेष्ट स्कीन र वेष्ट फोटोजेनिक, सविना दुधराज मोष्ट ग्रेसफुलका रुपमा चयन भएका थिए । यसैगरी रेविका बि.क. मोस्ट प्यासनेट, जुना भण्डारी मोस्ट एलिगेन्ट तथा मोस्ट पपुलर मल्टिमिडिया अवार्डमा विजेता छानिएका थिए । प्रतियोगिताकाृ आयोजना हिमालयन मुभिज् प्रोडक्सनको ब्यानरमा सम्पन्न भएको थियो । कार्यक्रमको समग्र प्रस्तुतिलाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्नका लागि कोरियोग्राफीको अविभारा फेसन कोरियोग्राफर हिमानी सुब्बाले निर्वाह गरेका थिए ।
कार्यक्रममा विभा राई मोस्ट स्मार्ट, पासाङ ल्हामु शेर्पा मोस्ट एक्टिभ, सृष्टि सुनार मोष्ट डिलिजेन्ट, सृजना गुरुङ मोस्ट कन्फिडेन्ट, स्मृति गुरुङ मोस्ट डिलाइटफुल, उषा साउद वेष्ट स्कीन र वेष्ट फोटोजेनिक, सविना दुधराज मोष्ट ग्रेसफुलका रुपमा चयन भएका थिए । यसैगरी रेविका बि.क. मोस्ट प्यासनेट, जुना भण्डारी मोस्ट एलिगेन्ट तथा मोस्ट पपुलर मल्टिमिडिया अवार्डमा विजेता छानिएका थिए । प्रतियोगिता आयोजना हिमालय मुभिज् प्रोडक्सनको ब्यानरमा सम्पन्न भएको थियो । कार्यक्रमको समग्र प्रस्तुतिलाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्नका लागि कोरियोग्राफीको अविभारा फेसन कोरियोग्राफर हिमानी सुब्बाले निर्वाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय