Monday 5 October 2026 / सोमबार, १९ आश्विन २०८३

काठमाडौं, काठमाडौं महानगरपालिका हिसान शैक्षिक मेला उत्कृष्ट शिक्षा नेपालमै भन्ने नाराका साथ तीन दिने शैक्षिक मेला काठमाडौंको टुडिखेलमा शुरू भएको छ। शिक्षा र सिपलाई जोड्दै यो मेलाले उत्कृष्ट शैक्षिक संस्थाहरू नेपालमा नै रहेको देखिन्छ।

हिसानका अध्यक्ष रमेश सिलवालले छोटो समयको प्रयासमा भव्यरूपमा यस प्रकारको मेला आयोजना गरिएता पनि विद्यार्थी र अभिभावकहरूको बाक्लो उपस्थिति रहनु कार्यक्रमको सफलताको रूपमा आफूले लिएको बताउनु भयो ।

प्रदर्शनीमा सहभागि साउथवेस्टन स्टेट कलेजका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछानेले कार्यक्रम अभिभावक र विद्यार्थीले एउटै थलोबाट धेरै शैक्षिक संस्था र विषयको जानकारी प्राप्त गर्ने उत्कृष्ट थलो रहेको जानकारी दिनुभयो। कार्यक्रम जानकारी मूलक रहेकोले मेलाको अवलोकन गर्न योग्य रहेको लामिछानेको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय