Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

भक्तपुर बोडेकी रमिता भण्डारीले मोस्ट इन्टेलिजेन्ट अवार्ड सहित क्यापिटल क्वीन नेपाल २०२४ को उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगितामा वेष्ट फोटोजेनिक अवार्ड सहित मनिशा मगर फस्ट रनर अप तथा विपुला के.सी.ले मोस्ट स्मार्ट अवार्ड सहित सेकेन्ड रनर अप उपाधि जित्न सफल भएकी छिन् ।
ललितपुर ग्वार्कोस्थित म्युजिक सिटी हलमा संचालन भएको सातौं संस्करणको सो प्रतियोगितामा जुना भण्डारी वेष्ट पर्सनालिटी र पब्लिक च्वाइस भिडियो अवार्ड, सृष्टि कला सिग्देलले मोस्ट अप्टिमिस्टीक, रोजी ब्लोनले मोस्ट डिलाइफुल तथा उर्वशी श्रेष्ठले मोस्ट एक्टिभ विधाको अवार्ड प्राप्त गरेका थिए ।
यसैगरी रेणु गहतराज मोस्ट चार्मिङ, कोपिला परियार मोस्ट डिलिजेन्ट तथा सविना ब्लोन मोस्ट डेडिकेटेड विधामा विजेता चयन भएका थिए । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा आयोजना गरिएको सो प्रतियोगिताको कोरियोग्राफी अवार्ड विजेता चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय