तामाङ समुदायको जातिय तथा साँस्कृतिक परिवेशमा संचालन भएको पहिलो मिष्टर तामाङ प्रतियोगिताको फाइनल प्रतियोगिता सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको मिष्टर तामाङ २०२४ को फाइनल प्रतिस्पर्धामा अतित लामाले पहिलो मिष्टर तामाङ हुने गौरव प्राप्त गरेका छन् । विजेता हुनुका साथै अतितले पर्सनालिटी विधाको अवार्ड पनि जित्न सफल भएका छन् । प्रतियोगितामा अनिल तामाङ लोप्चन फस्ट रनर अप तथा विश्वराज स्याङ्बो सेकेन्ड रनर अपका रुपमा चयन भएका छन् ।

प्रतियोगितामा विक्रम तामाङ फोटोजेनिक, समिर घिसिङ ट्यालेन्ट, रविन घिसिङ तामाङ वेष्ट वाक, प्रयास गोल पब्लिक च्वाइस र पपुलर विधामा विजेता घोषणा भएका थिए । यसैगरी सुशिल बमजन डिसिप्लीन, भुपेन्द« लोप्चन स्माइल तथा रितिन दोर्जे लामा फ्रेन्डशीप विधामा विजेता छानिएका थिए । मम्स इन्टरनेसनल नेपालको ब्यानरमा आयोजना गरिएको प्रतियोगिताको कोरियोग्राफी फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका हुन् ।


