Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

स्कूल अध्ययनरत बालबालिकामा केन्दि«त बाल सौन्दर्य प्रतियोगिता लिटिल मिष्टर एण्ड मिस नेपाल आइडल २०२४ अन्तर्गत सिनियर समूहमा स्वयम् थामि विजेता चयन भएका छन् भने यस समूहमा अर्थमा पाण्डे फस्ट रनर अप, एरिशा प्रजापति सेकेन्ड रनर अप, सान्वी श्रेष्ठ थर्ड रनर अप तथा शिवानी खत्री फोर्थ रनर अपका रुपमा छानिएका थिए ।

जुनियर उमेर समूह तर्फ विप्सना राजवाहक विजेता छनौट भइन् भने अक्षदा श्रेष्ठ फस्ट रनर अप, आर्या लम्साल सेकेन्ड रनर अप, सौरभ ढलाकोटी थर्ड रनर अप तथा सर्वज्ञ न्यौपाने फोर्थ रनर अपका रुपमा चयन भएका थिए । हिमालयन मुभिज् प्रोडक्सन हाउसको ब्यानरमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफी अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् भने कार्यक्रम ग्वार्को ललितपुरस्थित म्युजिक सिटी हलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय