एसईइ परिक्षार्थी छात्राहरुमा केन्दि«त बौद्धिकता, व्यक्तित्व र आत्मविश्वाससित जोडिएको सौन्दर्य प्रतियोगिता, एसईइ नेसनल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । आफ्ना १९ जना प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रमाणित गर्दै शिवानी जोशीले मिस एसईइ नेसनल २०२४ को विजेताको ताज पहिरिन सफल भएकी छ्न् ि। विजेता भएसंगै उनले प्रिमियर कलेजमा शत्प्रतिशत छात्रवृत्ति पनि प्राप्त गरेकी छिन् । शिवानीलाई गत वर्षकी मिस एसईइ नेसनल २०२३ कृतिका रेग्मीले विजेताको ताज पहि¥याइ दिएकी थिइन् । प्रतियोगितामा अपर्णा नेपाल फस्ट रनर अप सहित मिस ट्यालेन्ट विधाको पनि विजेता बनिन् ।

प्रतियोगितामा काव्य अधिकारीले सेकेन्ड रनर अप तथा पब्लिक च्वाइस विधामा आफूलाई विजेता प्रमाणित गरिन् भने आकृति तामाङ थर्ड रनर अप तथा सगुन खड्का मिस स्टाइलिस र भ्युअर च्वाइस विधाको विजेता सहित फोर्थ रनर अप चयन भइन् । प्रतियोगितामा रिद्धिमा थापा भ्युअर च्वाइस विधाको फस्ट रनर अप बन्न सफल भइन् । युजिशा इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा आयोजना भएको सो प्रतियोगिताको व्यवस्थापन सानु खानले गरेका थिए भने कार्यक्रम कोरियोग्राफी एव संचालन फेसन कोरियोग्राफर तथा सचारकर्मी रोजिन शाक्यले गरेका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको सो कार्यक्रममा विभाशा पोखरेल म्यानेज्मेन्ट च्वाइस, सुविका दुवे फोटोजेनिक, अभिलाषा चन्द पर्सनालिटी, आध्या भण्डारी वेष्ट वाक तथा सान्वी गिरी कन्जिनियालिटी विधामा विजेता निक्र्यौल गरिएका थिए । प्रतियोगिताको निर्णायकका रुपमा रेजिना तुलाधर, संगीता रौनियार, सुगत कारञ्जीत, दिपक घिमिरे, छविलाल पाण्डे र रिम्पल सिंह निर्णायकको भूमिकामा रहेका थिए ।


