कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार मन्त्रिपरिषद् विस्तार गदै फणीन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका छन्। मुख्यमन्त्रीको शिफारिसमा नियुक्त मन्त्री देवकोटाले आइतबारै प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनियताको सपथ समेत लिएका छन्। गोरखा २ (क) बाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता देवकोटा दोस्रो पटक मन्त्री भएका हुन्। यसअघि २९ जेठमा उनले सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका नेता देवकोटाले २८ जेठमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने क्रममा पक्षमा मत दिएपछि पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माअोवादीले २९ गते २४ घण्टे स्पष्टीकरण सोधेर ३२ जेठमा प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको थियो। आफूलाई पदमुक्त गरेपछि देवकोटाले सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गदै ६ असारमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। रिट निवेदनपछि १० असारमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादीले कारवाही गर्ने अधिकार नभएकाले निवेदनको अन्तिम निर्णय नभएसम्मका लागि गरिएको कारवाही कार्यान्वय नगर्न आन्तरिम आदेश जारी गरेको थियो।
माओवादीले गरेको कारवाही सर्वोच्चले हाललाई कायान्वय नगर्न आदेश दिएसँगै देवकोटा आइतबार पुनः मन्त्री नियुक्त भएका हुन्। देवकोटा मन्त्री नियुक्त भएसँगै गण्डकीमा मुख्यमन्त्रीसँगै मन्त्रीको संख्या पाँच पुगेको छ। यसअघि १६ जेठमा संविधानको धारा १६८ को उपधारा ९३० अनुसार नियुक्त मुख्यमन्त्री पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गदै कास्कीका विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्य सँगै ऊर्जा, जलस्रोत तथा खानेपानी गरी दुई मन्त्रालको जिम्मा दिएका थिए भने लमजुङका डा। टकराज गुरुङलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी तोकेका थिए। २८ गते विश्वासको मत लिएका मुख्यमन्त्री पाण्डेले २९ जेठमा दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दै मनाङ १ ९ख०बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए।


