Tuesday 14 July 2026 / मंगलवार, ३० असार २०८३

काठमाडौं, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा पर्दै गर्दा शीर्ष नेताहरूले चिन्ता मान्नु पर्ने अवस्था नभएको बताएका छन् । आइतबार नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनता र कार्यकर्ताले नै खतरामा परेको लोकतन्त्र जोगाइ दिने ठोकुवा गरे । ‘लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो, चिन्ता गर्नु पर्दैन । लोकतन्त्रमा खतरा भए जोगाइ दिने जनता छन्, कार्यकर्ता छन् । नेताहरूले चिन्ता गर्नु पर्दैन,’ उनले भने ।

गृहमन्त्री लामिछानेले नेपालमा आम जनता र नेताहरुको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरुको प्राथमिकता एकै नभएको बताएका हुन् ।उनले देशमा राजनीतिक परिवर्तन भएर, संबिधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए । उनले शीर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न एक ठाउँमा आउन नसकेको बताए । उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउमा आउनु पर्ने बताए । उनले देशको विकास गर्न सबै नेताहरु एक ठाउमा आउन आह्वान समेत गरेका छन् । गृहमन्त्री लामिछानेले आफू धेरै बोलेर पीडित हुनुपरेको स्वीकारेका छन् । उनले पछि जन्मिएकाले धेरै कुरा गर्न नहुने बताए । लामिछानेले सम्बोधनको सुरुमै लोकतन्त्र, मुलुकको संविधान र मुलुकको व्यवस्था परिवर्तनका लागि खटिएका नेताहरूलाई सम्मान गरे ।

लगत्तै, उनले आफ्नो पार्टी कान्छो भएकाले धेरै कुरा गर्नु राम्रो नहुने कुरा अनुभवले सिकाएको बताए । ‘यो देशको लोकतन्त्र, मुलुकको संविधान र मुलुकको व्यवस्था परिवर्तनार्थ अहोरात्र खटेर जीवन समर्पण गर्नुभएका तमाम नेता गणमाथि सम्मान व्यक्त गर्दछु,’ लामिछानेले भने । सभापति लामिछानेले अघि थपे, ‘पछि जन्मिएकोले धेरै ठूलो कुरा गर्न हुँदैन । कान्छो कान्छो पार्टी भएकाले दिग्गज दिग्गज व्यक्तिहरूको बीचमा बोल्नु भनेको छोटी मुख बात भने जस्तो हुन्छ ।’ उनले आफू धेरै बात गरेको कारणले पीडामा परेको उल्लेख गर्दै त्यसलाई घटनाउनु पर्ने भएको पनि बताए । ‘म बढी बातले अलिकति पीडित भएकोले बढी बात घटाउनु पर्ने भएको छ मैले । त्यो अनुभवले सिकाउने कुरा हो,’ सभापति लामिछानेले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय