Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

मनसुन डे«सिङ धेरै हदसम्म कार्यक्षमा र फेसनशैलीलाई सन्तुलनमा राख्ने स्टाइल हो । यसले व्यक्तिगत शैलीलाई प्रभावकारी रुपमा प्रस्तुत गर्नमा अनुमति दिंदा आराम र सुरक्षा सुनिश्चित गर्न कपडा, जुक्ता र अन्य पक्षहरुका विचारशील छनौटहरु समावेश गर्न प्रेरित गर्दछ । मनसुन मौसमले स्फूर्तिदायी वर्षा र हरियाली ल्याउने गर्दछ । यो व्यक्तिको वार्डरोबलाई कार्यात्मक र फेसनमय दुवै शैलीका साथमा परिमार्जन गर्ने उपयुक्त समय पनि हो । यही सन्दर्भमा नमूना कलेज अफ फेसन टेक्नोलजीमा ब्याचर इन फेसन डिजाइनिङ एण्ड म्यानेज्मेन्टमा स्नातक अध्ययन गर्दै गरेका १९औं ब्याचका विद्यार्थी डिजाइनरले फेसन पारखी महिलाहरुमा लक्षित मनसुन डे«सिङ अन्तर्गतको सिर्जनालाई यहाँ समावेश गरिएको छ । संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यद्वारा संचालन गरिएको फेसन जर्नलिज्म अन्तर्गत १० दिने कार्यशालाको नतिजा अनुरुप मनसुन डे«सिङको विषयवस्तुमा आधारित उत्कृष्ट १० डिजाइन स्केच र लेखन यहाँ प्रस्तुत गरिएको हो ।

आयुष ढकालको सृजना
यो डिजाइनले मनसुन वातावरणलाई प्रतिनिधित्व गर्दछ र डिओर रिसोर्ट कलेक्सन २००० बाट प्रेरित रहेको छ । र अद्धितिय र टाइमलेस छ । डिजाइनमा मुगल मोटिफ प्रिन्टेड ज्याकेट सहित सेतो ट्याङ्क टप र हाइ वेष्टेड सेतो रंगको शोर्टस् रहेको छ । पहिरनशैली सुहाउँदो डायर स्याडल झोला र छाता समावेश गरिएको छ । पहिरन र मौसम सुहाउँदो फुटवेयरको कुरा गर्दा यो लुकलाई पूर्णता प्रदान गर्ने वाटर प्रुफ रनर जुक्ता जोडिएको छ, जुन आरामदायिक र मनसुन मौसमका लागि अनुकूल रहेको छ । फ्याब्रिकमा हल्का तौल भएको कपडा प्रयोग गरिएको छ, जसले आरामदायिकता र सौन्दर्यात्मक लुक पनि प्रदान गर्दछ । यो डिजाइनलाई लेट टिन देखि अर्ली फोर्टीको उमेर समूहका लागि उपयुक्त मानिएको छ । लुक लागि मिनिमल मेकअप सुझाइएको छ भने प्राकृतिक देखिने अनुहार र कपालाई अलिकति छेउतिर फ्याँकेर न्युनतम राख्न सुझाव दिइन्छ ।

आयुषी थापाको सृजना
यो मनसुन थिम अन्तर्गतको पहिरन वर्षात्को मौसममा स्टाइल र व्यवहारिकता दुवै प्रदान गर्न डिजाइन गरिएको हो । यो पहिरन शैलीमा ग्रीन टप र ब्लु शोट्सको कम्बिनेसन देख्न सकिन्छ । यी रंगहरुले मनसुन मौसमको उत्साह र ताजापनलाई प्रस्तुत गर्दछ । हरियो रंगको टपले वर्षा संगै देखिने रमणीय हरियाली वातावरणलाई प्रतिनिधित्व गर्दछ भने नीलो रंगको शर्टस्ले मनसुन मौसमको स्वच्छता र स्फूर्तिलाई प्रस्तुत गर्दछ । वर्षात्को पानीबाट प्रयोगकर्तालाई जोगाउनका लागि पारदर्शी रेनकोटको प्रयोग गरिएको छ । यसले पहिरनशैलीको रंगीन विविधतालाई पनि देखिन मद्दत गर्दछ भने प्रयोगकर्तालाई पनि पानीबाट भिज्नबाट जोगाउँछ । यो लुकलाई पूर्णता प्रदान गर्न प्रयोगकर्तालाई पारदर्शी स्लीपर्सको प्रयोगमा सुझाव दिइएको छ । यो पहिरन शैली विशेषतः आफ्नो लुकमा आकर्षण, स्टाइल र फेसन संचार गर्न रुचाउने १८ देखि २५ वर्षको उमेर समूहका युवतीहरुमा लक्षित रहेको छ । स्टाइल र आरामदायिकतालाई ध्यानमा राखेर हरियो टप र नीलो शर्टस्लाई सुती कपडामा तयार पारिएको छ । मेकअपलाई मिनिमल राख्न सुझाव दिइन्छ भने हेयर स्टाइल पोनीटेल शोभनीय हुन्छ ।

विशाखा प्रसाईंको सृजना
यो स्ट्रिट्वेयर मनसुन वेयर वर्षाले भिजेका शहरका सडकहरुको आकर्षक वातावरणबाट प्रेरित छ । जीवन सडक संस्कृति र शहरी वासिन्दाहरुको एक्लेक्टिक शैलीबाट चित्रण गर्दै, पोशाकले फेसनप्रति आत्मविश्वास र निडर दृष्टिकोणलाई मूर्त रुप प्रदान गर्दछ । शहरी सडक संस्कृति अँगाल्ने र बोल्ड शैली विकल्पहरु मार्फत् आफ्नो व्यक्तित्व व्यक्त गर्ने सबै उमेरका व्यक्तिहरुका लागि उपयुक्त हुन्छ । पहिरनको आरामदायी सिल्हुट सबै प्रकारको शरीरलाई सुहाउँदो छ भने बोल्ड रंगको प्यालेट फेयर देखि डार्क स्कीन टोन सबैलाई सुट हुन्छ । यो डिजाइनमा ओभरसाइज्ड तथा लेयर पिसहरुको प्रयोग पाइन्छ जसले शीतलता संचार गर्दछ भने डिजाइनमा शर्टस् र प्लीटेड टपको कम्बीनेसन रहेको छ जसमा लामो वाटरप्रुफ डेनिम ज्याकेट प्रयोग गरिएको छ । यो सबैले आधुनिक स्ट्रिट्वेयरको सौन्दर्य झल्काउँछ । पहिरनशैलीमा टिकाउ र मौसम प्रतिरोधी कपडाहरु फ्याब्रिकहरु जस्तै डेनिम, नायलन र वाटर रिपेलेन्ट पलिएस्टरको प्रयोग छ । चम्किलो छाला, बोल्ड ब्राउज र आर्द«ताको सामना गर्न म्याट फिनिशमा ध्यान केन्दि«त गर्दै मेकअप मिनिमल मेकअपको सुझाव दिइएको छ ।

दिक्षा पाण्डेको सृजना
यो पहिरनशैली आकर्षक रंग र सुगन्धका लागि परिचित प्लुमेरियाको जीवन्त आकर्षणबाट प्रेरित डिजाइन गरिएको छ । यो शैलीलाई भव्यता र व्यवहारिकताको उत्सवको रुपमा प्रस्तुत गरिएको छ । कलर प्यालेटमा चम्किलो गुलाबी, पहेंलो र सेतोलाई प्रयोग गरिएको छ जसले प्लुमेरिया ब्लुम्सको सम्झना दिलाउँछ । यी सबैको सुन्दर समायोजनमा तयार भएको यो डिजाइनमा सुहाउँदो फुटवेयरको प्रयोग भएको छ । पहिरन शैलीका लागि हलुका र श्वास फेर्न सकिने र छिटो सुकाउन सकिने कपडाहरु जस्तै कपास, लिनेन, साटन, पोलिएस्टर र क्रेपको प्रयोग भएको छ । जसमा प्रयोगकर्ताले आराम र सहजता पनि महशुष गर्न सक्दछन् । यो डिजाइनलाई ए लाइन सिल्हुटमा समेटिएको छ र वेष्टलाइनमा फुलको सजावट गरिएको छ । मौसम सुहाउँदो बनाउन वर्षात्को पानीको थोपालाई प्रतिबिम्बित गर्दै हेमलाइनमा क्रिस्टहरुको प्रयोग भएको छ । यो शैली उल्टो क्रिकोण र आयत शरिर भएकाहरुको लागि बढी शोभनीय हुन्छ । नेचुरल मेकअप सहित वाटरप्रुफ मस्कारा, ब्लशको हिन्ट, प्लुमेरिया गुलाबी टिन्टको लिप शेडलाई प्रयोग गर्न सुझाव दिइएको छ भने हेयर स्टाइलमा प्लुमेरिया थीम अन्तर्गतको हेयर क्लीपको प्रयोगबाट फिनिशिङ टचले थप आकर्षण प्रदान गर्दछ ।

ज्योति शाहीको सृजना
अफ् शोल्डर नेकलाइन र टायर्ड रफल्सलाई आकर्षक र सुन्दर ढंगबाट शरीरमा डे«प गरिएको यो शैलीमा लाइट वेट र पानी प्रतिरोधी कपडाको प्रयोग भएको छ । जसले व्यवहारिकता र आरामदायिकतालाई सुनिश्चित गर्दछ । यसले मनसुनको फरक तथा विशेष मूडलाई पनि दर्शाउँछ । नरम गुलाबी तथा कोरल प्यालेटमा हावी रंगका साथमा यो डिजाइनमा मनसुनको फूलसित सम्बन्धीत कोमल रंगहरुको पनि समायोजन गरिएको छ । डेलिकेट बोज् र टाईज्ले डिजाइन डिटेल्सलाई अझ बढी सुन्दर बनाएको छ । एसिमेट्रिकल हेमलाइनका साथमा प्लेफुल रफ्ल्सले पोशाकलाई स्टाइलिस र मनमोहक लुक प्रदान गरेको छ । पहिरनसित सुहाउँदो मनसुन माहौललाई प्रतिनिधित्व गर्ने सुन्दर देखिने फ्लोरल प्रिन्टेड छाताको वेग्लै आकर्षण रहेको छ । पहिरन सुहाउँदो श्रृंगारका लागि नेचुरल मेकअप र ओसिलो देखिनु सुझाएको छ । गुलाबी ब्लस र नरम गुलाबी ओठलाई पहिरनको स्वरुपसित सुहाउने बताइएको छ । हेयर स्टाइलका लागि लुज वेभ्स्, एक्सेसरिजमा भाइब्रेन्ट रातो रंगको क्लच, स्टाइलिस न्युड स्याण्डलको कम्बीनेसनलाई उपयुक्त मानिएको छ ।

ललिता तामाङको सृजना
यो डिजाइनमा ब्राउन लेदर ट्रिम सहितको पारदर्शी, नी लेन्थ रनेकोटको व्यवहारिकता समायोजन गरिएको छ । यो डिजाइन वर्षाको मौसममा स्टाइलिश तर कार्यात्मक बाहिरी पोशाकको आवश्यकताबाट प्रेरित रहेको छ । रेनकोट स्पष्ट पिभीसीबाट बनेको छ । जसले स्थायित्व र सौन्दर्य अपिल दुवैलाई बढाउँछ । रंगको प्यालेटमा खैरो र सेतोलाई अँगालिएको छ । फुटवेयरमा भने ब्राउन पप अप भएको पाइन्छ । मिनिमल एम्बेलिस्मेन्टका साथमा डिजाइनमा मूलतः टेक्सचर तथा मटेरियललाई फोकस गरिएको छ । लुकलाई सावधानीपूर्वक क्युरेट गरिएको छ । पोशाकको समग्र टोन सुहाउँदो सेतो ह्यान्डब्याग प्रयोग गरिएको छ । हेयर स्टाइललाई स्ट्रेट र मिडियम लेन्थ राख्न सुझाव दिइएको छ । शोल्डर लेन्थ स्टाइलमा क्लीन र मोर्डन ब्युटीलाई उजागर गरिएको छ । रेनकोटको प्रयोग मौसम सुहाउँदो हुने गरिएको छ । यो डिजाइन सबै उमेर समूहका महिलाहरुलाई सुहाउँदो हुन्छ भने विशेषतः आवर ग्लास र पियर शेप्ड बडी टाइपलाई आकर्षक हुन्छ । फिटेड बडीस्का साथमा रफल्सले कम्मर र कर्भलाई उजागर गर्ने गरी प्रयोग भएको छ ।

निशान्त चापागाईंको सृजना
मनसुन सिजनबाट प्रेरित यो पहिरनशैलीको थीम डार्क क्लाउड्स एण्ड ब्लुमिङ फ्लावर्स रहेको छ । यो विषयवस्तुलाई अभिव्यक्त गर्नका लागि कपडाको छनौटले महत्वपूर्ण भूमिका खेलेको छ । नरम र फ्लो भएको सूती कपडाले वर्षाको कारण फुल्ने फूलहरुलाई प्रतिनिधित्व गर्दछ । डीप डार्क कलर प्यालेट देखि मूडलाई उत्थान गर्ने कलर प्यालेटमा समावेश छ । यीनले मनसुनले ल्याएको परवर्तलाई प्रतिबिम्बित गर्दछ । यो डिजाइनको सिल्हुट फ्लोइ आरामदायक छ । यसलाई स्टाइल र आराम महशुष गराउने लेस स्यान्डलसित कम्बाइन गर्न सकिन्छ । चौडा ठूलो भएको लेदर वेल्टलाई कम्मरलाई सुन्दर रुपमा प्रस्तुत गर्दछ भने ड्रेलाई ग्ल्यामरस टच पनि प्रदान गर्दछ । यो स्टाइल सबै प्रकारको बडी टाइप र उमेर सुहाउँदो छ । छोटो स्टाइल, पिक्स्ी हेयरकटले समग्र लुकमा आधुनिकता र आकर्षण थप्दछ । यो पहिरनशैलीले लचिलोपन र नवीकरणको रुप प्रस्तुत गर्दछ । जबकि कपाल र मेकअपले व्यक्तिगत बल र आत्मविशालाई प्रनिधित्व गर्दछ । समग्रमा पोशाले अन्धार र सुन्दरता खोज्ले स्थानी कथा व्यक्त गर्दछ ।

परिना गुरुङको सृजना
यो शैली क्रप्ड टप र थाई लेन्थ् पेन्सिल स्कर्ट कम्बीनेसन हो जसले फेसनेबल र एकरुपताको प्रभावलाई प्रस्तुत गर्दछ । नीलो रंग विभिन्न शेड्सको सुन्दर समायोजन सहितको चेक प्रिन्टको यो डिजाइन क्लासिक र कन्टेम्पोररी लुक प्रदान गर्दछ । प्याटर्न र कलर यो सुन्दर छनौटले पहिरन शैलीलाई आकर्षक दृष्टि मात्र नभएर समयहीन अपील पनि संचार गर्दछ । यो डिजाइनको आउटर लेयरमा पारदर्शी रेनकोट प्रयोग भएको छ जसले व्यवहारिक र सान्दर्यको दुवै भाव प्रस्तुत गर्दछ । पारदर्शी भएकैले रेनकोटले पहिरनको चेक प्रिन्टलाई पनि सुन्दर रुपमा प्रस्तुत गर्नुका साथै वर्षात्को पानीबाट पनि पहिरनलाई स्टाइलिस रुपमा सुरक्षा प्रदान गर्दछ । मूलतः यो शैली टिनएजर तथा ३०को उमेर समूहका महिलाहरुमा लक्षित रहेको छ । यो क्रप्ड टप र पेन्सिल स्कर्टको यो सुन्दर कम्बीनेसनले प्रयोगकर्ताको बाहिरी आवरण र शारारिक सौन्दर्यमा थप निखारपन प्रदान गर्दछ । फुटवेयरका लागि पनि पहिरनसित सुहाउँदो नीलो रंगको वाटरप्रुफ बुट्स प्रयोग गरिएको छ । पहिरनबाट कन्ट्राष्ट लुक प्रदान गर्न पिन्क रंगको छाताको सुझाव दिइएको छ ।

रश्मिता शाक्यको सृजना
यो पोशाक क्यासिया फिस्टुला फूल र शरद क्रृतुमा फुल्ने जेफिर लिलीबाट प्रेरित रहेको छ । पोशाकको माथिल्लो भाग फ्रेन्च ब्लु कलरमा स्लिभलेस हल्टर टप रहेको छ जसले मनसुन मौसमको शान्त र स्फूर्तिदायी परिवेशलाई प्रतिनिधित्व गर्दछ । कटन लाइक्राबाट बनेको यो टपले आरामदायिकता र फिटिङलाई सुनिश्चित गर्दछ र शरिरको रुप रेखालाई सुन्दर ढंगबाट पूरकता प्रदान गर्दछ । स्टाइलिस तह थप्दै पोशाकलाई बिशप स्लीब्स भएको थर्मोप्लास्टिक पोलियुरेथेन फ्याब्रिकबाट बनेको पारदर्शी कोटसितको कम्बीनेसनलाई प्रयोग गरिएको छ । यो यो कोटलाई क्यासिया फिस्टुला फूलबाट प्रेरित एम्बेलिस्मेन्टबाट सजाइएको छ । यो डिजाइनको तल्लो भाग क्याम्ब्रिज ब्लु र सेलाडोन कलर्समा फ्लोइङ ए लाइन सिल्हुट भएको स्कर्ट रहेको छ । मनसुनी माहौलसित मेल खाने यो स्कर्ट शिफन कपडामा तयार पारिएको छ भने यसमा शरद क्रृतुमा पाइने जेफिर लिली फूलको प्रिन्टले सजाइएको छ । यो डिजाइन मूलतः आवर ग्लास र आयाताकार शरीर भएका सबैखाले स्कीन टोनमा सुहाउँदो हुन्छ । यो पहिरनमा लुकलाई प्रभावकारी देखाउन विङ्ड आइलाइनर उपयुक्त हुन्छ भने हेयरस्टाइलमा बाउन्सी र वेभी कर्ल्स राम्रो हुन्छ । बोल्ड रेड लिपिस्टिकले क्लासिक र सुरुचिपूर्ण स्पर्श थप गर्दछ ।

संस्कृति उपाध्यायको सृजना
यो मनसुनी पहिरनशैलीले प्रकृतिको पुनर्जन्मको भावलाई समातेको छ र चमेली फूलको कोमलता र लचिलो सौन्दर्यबाट प्रेरित रहेको छ । विशेषतः फेयर कम्प्लेक्सन भएका युवतीहरुका लक्षित यो शैली उल्टो त्रिभुज शारारिक आकार भएका टिनएजर देखि लेट ट्वेन्टीजका महिलाहरुमा केन्दि«त रहेको छ । कटन कपडामा तयार गरिएको यो शैली वन् पिस डे«स हो र रिच फरेष्ट ग्रीनमा प्रस्तुत छ । पोशाकको माथिल्लो भाग, चोलीले कम्मरमा जोड दिन्छ र आरामदायिकता र स्वतन्त्रतालाई प्राथमिकता प्रदान गर्दछ । डिजाइनको तल्लो भाग फ्लो फ्लेयर स्कर्ट हो जसले उल्टो त्रिकोण सिल्हुटलाई सुन्दर रुपमा हाइलाइट गर्दछ । फरेष्ट ग्रीन डे«सको मनमोहक आकर्षण बढाउनका लागि चमेली फूलको इम्ब्रोइडरी भएको सेतो सीथ्रु भित्री टुक्रा समावेश गरिएको छ । यसले पहिरनमा ईथरियल लालित्यको तह थप गरेको अनुभव गर्न सकिन्छ । पारदर्शी कपडाले पंखुडीहरुमा चम्किरहेको वर्षाको पानीको थोपाहरुको काल्पनिक वातावरणलाई जगाउँछ । पहिरन सित सुहाउँदो पारदर्शी फुटकभरिङ भएको कालो रंगको बुटको जोडालाई प्रस्तुत गरिएको छ । मिनिमल मेकअपलाई नो मेकअप अवधारणामा व्यक्तिको भित्री चमक र प्राकृतिक सुन्दरताको वास्तविकतालाई कायम राख्न सल्लाह दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय