Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडाैं, राजन र अस्मिता अधिकारीको स्वरमा ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ । ‘बाबु क्रियशन’ युट्युब च्यानलमार्फत् गीतको भिडिओ सार्वजनिक गरिएको हो ।

शुक्रबार सार्वजनिक गीतमा प्रेमिल जोडीले एकअर्कालाई व्यक्त गरेको भावनालाई प्रस्तुत गरिएको छ । गीतका शब्द राजन स्वयमकै हुन् । संगीत पनि उनकै रहेको गीतलाई श्यामश्वेत रसाईलीले गीतलाई एरेन्ज गरेका छन् ।

डान्सिङ नम्बरको गीत लोक–आधुनिक शैलीमा छ। भिडिओमा मोडल गरिमा शर्मा र अस्मिक लम्साल फिचर्ड छन् । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडिओलाई बुद्ध थापाले छायांकन, दिपक विष्टले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय