Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौँ- राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले खड्काको पद रिक्त भएको सूचनामा जारी गरेका छन् ।

माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले खड्काको राष्ट्रियसभा सदस्य पद रिक्त गर्न १० वैशाखमा राष्ट्रियसभा सचिवालयमा पत्र पठाएका थिए । यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो । थापाको पद खारेज भएपछि उनको स्थानमा आउँदो ६ जेठमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय