काठमाडौं, लोकगायक प्रकाश सपुत फरक गीतका कारण चर्चामा आउने गर्छन् । अहिले फेरि उनी बेग्लै पहिचान बोकेर चर्चामा आएका छन् । गायक सपुतको नयाँ गीत ‘मेरो पनि होइन र यो देश’ अहिले चर्चामा छ ।
राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई समेटिएको यो गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएलगत्तै चर्चामा रहन सफल यो गीतले समाचार तयार पार्दासम्म युट्युबमा २५ लाखभन्दा बढी भ्युज पाउँदै ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ ।
देशप्रतिको गौरव र गुनासो दुबै प्रस्तुत गरिएको गीतमा सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने मागसमेत मर्मस्पर्शीरूपमा गरिएको छ । गीतले छिट्टै चर्चा पाउनुको कारण पनि यही विषयवस्तु समेटिएकाले हो ।


