Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं, नेपालकै सर्वाधिक चर्चित एवं सफल मोडलिङ एजेन्सी तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीका रुपमा कहलिएको नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमला तथा एमडी यतना पाण्डे वैवाहिक जीवनमा प्रवेश गरेका छन् । आफ्नो आधा दर्जन वर्ष भन्दा लामो प्रेम सम्बन्धलाई रवि र यतनाले सफलता पूर्वक वैवाहिक जीवनमा अवतरण गरेका हुन् । गत वैशाख ११ पुल्चोक स्थित होटल हिमालयमा आयोजना गरिएको वैवाहिक समारोहमा रवि र यतनावीच हिन्दु परंपरा अनुसार विवाह सम्पन्न भएको थियो ।

नेक्स्ट मोडल्स नेपालको स्थापना संगै व्यक्तिगत मात्र नभई व्यवसायिक जीवनमा पनि साझेदारी गर्दै अगाडि बढेको रवि र यतनाको जोडीले नेक्स्ट मोडल्स नेपालको ब्यानरमा नेपालकै सर्वाधिक लोकप्रिय र स्तरीय मानिएको मोडल प्रतियोगिता मोडल हन्ट नेपाल र नर्सिङमा पेशामा समर्पित सौन्दर्य प्रतियोगिता मिस नेपाल पिसको सफलता पूर्वक आयोजन गर्दै आएका हुन् । यसैगरी नेक्स्ट मोडल्स नेपालको ब्यानरमा अभिनय संग सम्बन्धीत टि.भि. रियालिटी शो नेसनल एकटिङ कम्पीटिसनको पनि आयोजना र्भैसकेको छ । यस बाहेक यो संस्थाले विभिन्न स्तरीय फेसन रनवेको पनि व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय