तेस्रो संस्करणको मिस नेवाः वल्र्डको फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा लरिशा शाहीले शीर्ष उपाधि हात पारिन् । मिस नेवाः वल्र्ड ११४४ को ताज पहिरिनुका साथै उनले क्याटवाक, वेष्ट हेयर, पपुलर तथा वेष्ट ड्रेसको अवार्ड आफ्नो पक्षमा पारेकी थिइन् । प्रतियोगितामा आशिष्ठा शाक्य फस्ट रनर अप भइन् । उनी मिस ट्यालेन्टका रुपमा पनि पुरस्कृत भइन् । सेकेन्ड रनर अप तर्फ समाइरा शाक्य विजयी भइन् । उनले वेष्ट नेपाल भाषा र मिस फिटनेसको अवार्ड पनि प्राप्त गरिन् । विजेताका रुपमा लरिशाले नगद पुरस्कार रु एक लाख, फस्ट रनर अपका रुपमा आशिष्ठाले रु पचास हजार तथा सेकेन्ड रनर अपका रुपमा समाइराले नगद पुरस्कार रु पच्चीस हजार प्राप्त गरेका थिए ।
चाँदीका गरगहना तथा विभिन्न सामाग्रीहरुको लागि परिचित सिल्भर इस्टेट्को मुख्य प्रायोजनमा काराओके इन्टरटेन्मेन्टको ब्यानरमा खगेश रंजीतकारद्धारा आयोजना गरिएको सो प्रतियोगितालाई नेवार समुदायको मौलिक कला संस्कृति, भाषा, भेषभुषा गरी समग्र साँस्कृतिक पहिचानको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका प्रभावकारी आधारका रुपमा विकसित गर्ने उद्देश्य राखिएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको सो प्रतियोगितात्मक कार्यक्रम ईन्द«जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यको प्रमुख आतिथ्य तथा रञ्जितकार समाज नेपालका अध्यक्ष दिपक रञ्जितको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगित्मक कार्यक्रमको कोरियोग्राफी समिता बज्राचार्यले गरेकी थिइन् भने कार्यक्रमको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।
कार्यक्रममा सान्ज महर्जनले मिस पर्सनालिटी, अदृशा शाक्यले मिस फ्रेन्डशीप र वेष्ट स्कीन, सभ्यता श्रेष्ठले ब्युटी विथ पर्पस, रिया डंगोलले मिस इन्टेलिजेन्ट, कृति महर्जनले मिस एक्युट, रिमी अवालेले मिस डिसिप्लीन तथा कृषा श्रेष्ठले अर्गनाइजर च्वाइस विधाको अवार्ड प्राप्त गरेका थिए ।


