फेसन डिजाइनर समेत रहेकी चितवनी सुनिता भुजेलले यस वर्षको मिसेस् ग्लोबल नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् । उनले मोस्ट इन्टिलिजेन्ट र वेष्ट ड्रेसको उपाधि पनि हात पारिन् भने जापानमा आयोजना हुने नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्डमा पनि सहभागिताको अवसर प्राप्त गरिन् । कार्यक्रममा सुष्मा लामा फस्ट रनर अप तथा रोजी महर्जन सेकेन्ड रनर अप घोषणा भएका थिए । सुष्माले मोस्ट अट्राक्टिभ तथा रोजीले मोस्ट कन्फिडेन्ट विधाको अवार्ड पनि प्राप्त गर्न सफल भएका थिए ।

हिमालयन मुभिज् प्रोडक्सन हाउसको ब्यानरमा ग्वार्कोस्थित म्युजिक सिटी हलमा सम्पन्न यस प्रतियोगितामा सन्जु मगर मोस्ट ग्रेसफुल, सृजना तावा मोस्ट इलिगेन्ट र मोस्ट पपुलर, मोनिका प्रधान मोस्ट स्मार्ट, रजनी शाही मोस्ट चार्मिङ, लमु शेर्पा मोस्ट डिलिजेन्ट, पूजा थापा बखती मोस्ट डाइनामिक, पूजा लामा मोस्ट डेडिकेटेड, विमला मगराती मोस्ट प्यासोनेट, विद्या थापा पोखरेल मोस्ट फोटोजेनिक र पब्लिक च्वाइस भिडियो अवार्ड तथा सम्झना नेपाली वेष्ट पर्सनालिटी विधातर्फ विजेता चयन भएका थिए । कार्यक्रमको कोरियोग्राफी अन्तर्राष्ट्रिय अवार्ड विजेता कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् ।


